"तिमी आयौ जिन्दगीमा बाहार आयो फेरी"
आसुले टिलपिल आखामा चमक आयो फेरी
तिमी आयौ जिन्दगीमा बाहार आयो फेरी
आत्तिदै थियो मन सुन-शान एकान्तमा कतै
भेटियौ तिमी त्यहि जिउनुको सार आयो फेरी
मायाले नै रेटिएकी म, घायल भइ बसेकी
खिया लागेको मायामा धार आयो फेरी
आशा मारेकी थिए खुशी छाउने जिन्दगीमा
अचानक खुशी नै खुशी वार पार आयो फेरी
पिडा माथि पिडा थुपार्ने दुनियाको रित रैछ
मेरो पीडामा रमाउनेको हार आयो फेरी
तिमी आयौ जिन्दगीमा बाहार आयो फेरी
No comments:
Post a Comment