Sunday, November 15, 2020

बदलिदो अध्यारो "कविता"

बदलिँदो अध्यारो 


जब म सानी थिए, उज्यालोमा खुब रमाउथे
डराउथे अध्यारोसङ्ग उज्यालोकै हात समाउथे
आमाले भुत आउँछ अध्यारोमा भन्दै डराईदिनुहुन्थ्यो
अँध्यारोसङ्ग यसै खै किन दुश्मनी बढाईदिनुहुन्थ्यो

त्यो अँध्यारो कति डरलाग्दो थियो पहिले
त्यो उज्यालो कति रहरलाग्दो थियो पहिले
त्यो उज्यालोमा खुशी थिए,त्यो उज्यालोमा हासो थियो
त्यो उज्यालोमा सपना थियो, त्यो उज्यालो रंगिन थियो

त्यो उज्यालोमा आफ्नाहरु देख्थे मैले,
मायाले भरिएका मनहरु देख्थे मैले
सबैको मित्रता अनि आफ्नोपन देख्थे मैले
मलाई लाग्थ्यो अध्यारोले त मलाई खाईदिन्छ
त्यसैले त मान्छे अँध्यारो छल्न निदाईदिन्छ

तर म गलत थिए, उज्यालो त मात्र देखाओटी
सत्यता त अध्यारोमा लुकेको हुन्छ
उज्यालो त मात्र देखाओटी
सत्यता त अध्यारोमा लुकेको हुन्छ
जब साथको कुरा आउँछ नि तब
उज्यालो धेरै चोटि चुकेको हुन्छ
त्यो उज्यालोको के अर्थ,
जहाँ म आफू भएर देखिन सक्दिन
जहाँ म भित्र रुदै बाहिर मुस्कुराउनु पर्छ
खिस्स हास्दै सुक्क सुक्क सुक्सुकाउनु पर्छ

जब मेरा भिजेका आँखा देखिएनन यो उज्यालोमा
मेरा कुनै पिर व्यथा लेखिएनन यो उज्यालोमा
तब बुझे मैले उज्यालोको अस्तित्व
आफन्तले आफन्त नचिन्ने यो उज्यालो
मात्र पैसा देखिने अनि, पैसाले नै सबै कुरा किन्ने यो उज्यालो

अब त यो उज्यालोले यी आँखा फर्फराउछ
सपनाहरु हराए,मात्र निरासा एक्लै बर्बराउछ
उसले म हुनुको र मैले उ हुनुको अर्थ बेग्लै बनाईसक्यौ
एकएर्काबाट एकाअर्कालाई बिल्कुल एक्लै बनाईसक्यौ

अब म यो उज्जालोमा निसासिन्छु
उज्यालोमा कता कता भासिन्छु
अध्यारोमा त्यो आराम मिल्छ मलाई
आफुलाई नियाल्ने आयाम मिल्छ मलाई
अध्यारोले यसरी अंगालेको छ मलाई
न उसले मलाई छोड्न सक्छ,न मैले छोड्न सक्छु
बस म उसैसङ्ग मात्र नाता जोडन सक्छु

मैले रुने अनुमती पाएकी छु उबाट
आफू हुने अनुमती पाएकी छु उबाट
मेरा आँसु देखेर गिज्याउदैन उसले, न त कुनै झुटा सान्त्वना नै दिन्छ, मात्र उ मलाई साथ दिन्छ
भारी यो शिर अड्याउन आफ्नो काध दिन्छ

जब म आँखा खोल्छु, यो भिडमा पनि एक्लै पाउछु
जब म आँखा बन्द गर्छु
त्यो अध्यारोमा आफुभित्र आफुलाई पाउछु
मैले आफू आफु हुन अहिले अध्यारोलाई नै कुर्नुपर्छ
आशुहरुलाई झर्न पनि अँध्यारो कै साईत जुर्नुपर्छ

तपाईले भन्नुभएको भुत उज्यालोमा पो देख्दैछु आमा
अध्यारो मेरो मित्र बनेको छ,उसैको सत्यता लेख्दैछु आमा
अब त म ठुली भएकी छु,
बदलिँदो अध्यारोलाई बुझ्ने भएकी छु।

सर्जक:अनुपा पन्त


No comments:

Post a Comment

बदलिदो अध्यारो "कविता"

बदलिँदो अध्यारो   जब म सानी थिए, उज्यालोमा खुब रमाउथे डराउथे अध्यारोसङ्ग उज्यालोकै हात समाउथे आमाले भुत आउँछ अध्यारोमा भन्दै डराईदिनुह...