Tuesday, June 23, 2020

कविता "बाबा "

'बाबा"

मेरो मन्द मुस्कानमा किन पो मुस्कुराएनौ बाबा 
मलाई  दुख्दा तिमी  किन  सुक्सुकाएनौ  बाबा 
रोएर हेरे हासेर हेरे तिमीलाई फरक परेन कतै 
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै

The Effects of a Poor Father-Daughter Relationship 

बोलाउछौ जस्तो  लाग्छ कहिले  ए छोरी भनेर
सपना मात्र रहेछ  नि  बर्थ बसे  दिनहरु  गनेर  
तै पनि तिम्रो माया  पाउने आशा त  मरेन कतै 
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै

अगाडी बढ्दै थिए प्रगति गरि न  स्याबासी पाए 
तिम्रो बेवास्ता अनि तिरस्कार   हासिहासी खाए 
तर्न खोज्छु  तिम्रो  साथबिना पाईला  तरेन कतै 
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै

अरुको देख्छु कति साह्रो माया बाबा र छोरीमा 
मन मेरो कटक्क खान्छ मै अभागी संसारभरिमा
देख्न त तिमीनि देख्छौ,तिमीलाई असर गरेन कतै
 न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै

मेरो पिडा सुनाउन चाहन्छु र  तिम्रो सुन्न चाहन्छु
तिम्रा सपना मिसाई मेरा सपना संगै बुन्न चाहन्छु
सोच्छु तिम्रोआशीर्वाद यता नआई कि झरेन कतै 
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै

गल्ति मैले गरे कि भुल सम्झी माफी दिदा हुन्न र 
आफ्नै छोरी संग टाढा हुदा तिम्रो मन पनि रुन्न र  
हासौला बोलौला अरुसंग रनि यो चिन्ता हरेन कतै 
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
 
सर्जक: अनुपा पन्त 




No comments:

Post a Comment

बदलिदो अध्यारो "कविता"

बदलिँदो अध्यारो   जब म सानी थिए, उज्यालोमा खुब रमाउथे डराउथे अध्यारोसङ्ग उज्यालोकै हात समाउथे आमाले भुत आउँछ अध्यारोमा भन्दै डराईदिनुह...