Tuesday, June 16, 2020

कविता "जुन मेरो साथी"

"जुन🌙 मेरो साथी"

अधेरी रात  चकमन्न शहर, मात्र  तिमी अनि म
न त् छन  चिप्ले पात्रहरु  , न देखावटी रमझम 
तिमी मलाई  हेर्नु अनि  सदा झैँ म पनि हेरुला 
तिमी जुनले लाएको गुण सायदै बिर्सन सकुला 

girl with moon on Behance

तिमीलाई जस्तै उस्तै मलाई पनि मनपर्ने अध्यारो 
त्यसैले त्  तिमीलाई म  ,अनि मलाइ तिमी  प्यारो 
बलेकिछु अधेरिमा तिमी संगै हुदै म सेती  बकुला
तिमी जुनले लाएको गुण सायदै म बिर्सन सकुला

हेर आखा मेरा चिम्लिन मान्दैनन तिम्रो उजेलिमा 
दुखेर मनको घाउ बग्छन आसु मनको बलेसीमा 
फेरी पनि पुछ्दै आसु देखाउछौ सपना ठूलाठूला
तिमी जुनले लाएको गुण सायदै म बिर्सन सकुला

तिमी संगै त बाडछु मैले ,मेरा सुख दुःखका कुरा  
कहिलेत लाग्छ म बिरामी अनि तिम  मेरो कुरुवा
झर्को नमानी सुनिदिन्छौ र त्  सुनाउछु हर कुरा  
तिमी जुनले लाएको गुण सायदै म बिर्सन सकुला

तिमी मा भएको दाग झैँ  मनको दाग देखिने भए
भाग्य राम्रो लेख्थे होल्ला आसुले पनि लेखिने भए 
भैगो छोड जेजस्तो भए पनि बन्दिन म पानीमरुवा 
तिमी जुनले लाएको गुण  सायदै म बिर्सन सकुला

खुशी नै छु जीवनमा तिमी त् छौ नि मेरो एक मित्र
चिन्ता नलिनु धेरै हास्ने नै छु म  गले पनि भित्रभित्र 
दिनहु थोरैथोरै उज्यालो यो जीवनमा पनि भरुला 
तिमी जुनले लाएको गुण सायदै म बिर्सन सकुला


सर्जक: अनुपा पन्त 



No comments:

Post a Comment

बदलिदो अध्यारो "कविता"

बदलिँदो अध्यारो   जब म सानी थिए, उज्यालोमा खुब रमाउथे डराउथे अध्यारोसङ्ग उज्यालोकै हात समाउथे आमाले भुत आउँछ अध्यारोमा भन्दै डराईदिनुह...