"मायाको नसा"
थोरै थोरै गर्दै गर्दै माया बढेको राम्रो अरे
मायाको नसा त उकाली चढेको राम्रो अरे
खै के के पो भन्दै थिए त हजुर मेरा उनि
ति आखाले यी आखा पढेको राम्रो अरे
बुझेर पनि नबुझे झैँ गर्ने म उस्तै छु फेरी
माया त मन मुटुभरि नै गढेको राम्रो अरे
कहिले एउटामा कहिले अर्कोमा सार्नुहुन्न
मन त सधैभर एउटामा अडेको राम्रो अरे
मायाको नसा त उकाली चढेको राम्रो अरे
थोरै थोरै गर्दै गर्दै माया बढेको राम्रो अरे
सर्जक : अनुपा पन्त
No comments:
Post a Comment