Sunday, July 19, 2020

गजल "मायाको नसा"

"मायाको नसा"

थोरै थोरै  गर्दै गर्दै  माया बढेको राम्रो अरे 
मायाको नसा त उकाली चढेको राम्रो अरे  

खै के के पो भन्दै थिए त  हजुर मेरा उनि 
ति आखाले यी  आखा   पढेको राम्रो अरे

बुझेर पनि नबुझे झैँ गर्ने म उस्तै छु फेरी 
माया त मन मुटुभरि नै गढेको राम्रो अरे 

कहिले एउटामा कहिले अर्कोमा सार्नुहुन्न 
मन त सधैभर एउटामा अडेको राम्रो अरे

मायाको नसा त उकाली चढेको राम्रो अरे 
थोरै थोरै  गर्दै गर्दै  माया बढेको राम्रो अरे 

सर्जक : अनुपा पन्त 

गजल "तिमी आयौ जिन्दगीमा बाहार आयो फेरी"

"तिमी आयौ जिन्दगीमा बाहार आयो फेरी"

आसुले टिलपिल आखामा चमक आयो फेरी
तिमी  आयौ  जिन्दगीमा  बाहार आयो फेरी 
 

आत्तिदै थियो मन सुन-शान  एकान्तमा  कतै 
भेटियौ तिमी त्यहि जिउनुको सार आयो फेरी 

मायाले नै रेटिएकी म, घायल भइ बसेकी 
खिया लागेको  मायामा  धार आयो फेरी 

आशा मारेकी थिए खुशी छाउने  जिन्दगीमा 
अचानक खुशी नै खुशी वार पार आयो फेरी 

पिडा माथि पिडा थुपार्ने दुनियाको रित रैछ  
मेरो  पीडामा  रमाउनेको  हार आयो फेरी 
तिमी आयौ  जिन्दगीमा  बाहार आयो फेरी 


बदलिदो अध्यारो "कविता"

बदलिँदो अध्यारो   जब म सानी थिए, उज्यालोमा खुब रमाउथे डराउथे अध्यारोसङ्ग उज्यालोकै हात समाउथे आमाले भुत आउँछ अध्यारोमा भन्दै डराईदिनुह...