'बाबा"
मेरो मन्द मुस्कानमा किन पो मुस्कुराएनौ बाबा
मलाई दुख्दा तिमी किन सुक्सुकाएनौ बाबा
रोएर हेरे हासेर हेरे तिमीलाई फरक परेन कतै
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
बोलाउछौ जस्तो लाग्छ कहिले ए छोरी भनेर
सपना मात्र रहेछ नि बर्थ बसे दिनहरु गनेर
तै पनि तिम्रो माया पाउने आशा त मरेन कतै
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
अगाडी बढ्दै थिए प्रगति गरि न स्याबासी पाए
तिम्रो बेवास्ता अनि तिरस्कार हासिहासी खाए
तर्न खोज्छु तिम्रो साथबिना पाईला तरेन कतै
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
अरुको देख्छु कति साह्रो माया बाबा र छोरीमा
मन मेरो कटक्क खान्छ मै अभागी संसारभरिमा
देख्न त तिमीनि देख्छौ,तिमीलाई असर गरेन कतै
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
मेरो पिडा सुनाउन चाहन्छु र तिम्रो सुन्न चाहन्छु
तिम्रा सपना मिसाई मेरा सपना संगै बुन्न चाहन्छु
सोच्छु तिम्रोआशीर्वाद यता नआई कि झरेन कतै
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
गल्ति मैले गरे कि भुल सम्झी माफी दिदा हुन्न र
आफ्नै छोरी संग टाढा हुदा तिम्रो मन पनि रुन्न र
हासौला बोलौला अरुसंग रनि यो चिन्ता हरेन कतै
न आफ्नो न पराई तिम्रो मेरो सम्बन्ध सरेन कतै
सर्जक: अनुपा पन्त