Wednesday, June 17, 2020

कविता "आमा"

"आमा"

अचम्म लाग्छ मलाई सधै मुस्कुराउछौ कसरी
यति सजिलै पिडालाई ताल्चा लाउछौ कसरी
जान्नु छ आमा मलाई पनि काम आउला कतै
भनन यस्तो सहन सक्ने शक्ति पाउछौ कसरी
Black Mom And Child Png - Clip Art Mothe #1289467 - PNG Images - PNGio
एक मुठ्ठी खाएर पुग्यो भन्ने बानी गएन तिम्रो
मेरा अनि सबका दुखमा एकलौटी चैन तिम्रो
भगवानले नि के हेर्छ्न खै बुझ्न सकिन मैले
यति दुख अंगाल्दा नि क्यै सुख भएन तिम्रो
तिम्रा औलाको निशान कोदालो र कुट्टाभरी
ती अनेकन घाउहरु तिम्रा हात र खुट्टाभरी
म देखेर पनि नदेखे झै कसरी गरौ र आमा
पसिना र परिश्रमको दाग लुगाका बुट्टाभरी
सन्तानको हासो किन यति प्यारो तिम्रोलागि
सुख सयल मेरो अनि पानी पधेरो तिम्रोलागि
यो कसले कहा भन्यो र आमा तिमीलाई ??
उज्यालो हामीलाई अनि अँध्यारो तिम्रोलागि
यस्तो लाग्छ तिम्रो खुशी सारा म खोज्न सकु
दुख पर्दा तिमीलाई म के भो भनी सोध्न सकु
काबिल यति बनौ यो जुनि तिम्रो सन्तान भएर
सयौ जुनि तिमीलाई नै मेरी आमा रोज्न सकु
सर्जक: अनुपा पन्त

No comments:

Post a Comment

बदलिदो अध्यारो "कविता"

बदलिँदो अध्यारो   जब म सानी थिए, उज्यालोमा खुब रमाउथे डराउथे अध्यारोसङ्ग उज्यालोकै हात समाउथे आमाले भुत आउँछ अध्यारोमा भन्दै डराईदिनुह...